एमाले नेता नरबहादुर बिष्टले गरे विद्यालयलाई जग्गा दान

Posted on: 03 Aug, 2017

ललित बोहरा | साउन १९, डडेल्धुरा | नेकपा एमाले डडेल्धुराका नेता तथा समाजसेवी नरबहादुर बिष्टले आफ्नौ गाँउमा रहेको विद्यालयलाई जग्गादान गरेका छन् ।

गन्यापधुरा गाउँपालिका वडा नं. ३ गौली गाँउमा रहेको समैजी आधारभूत विद्यालयलाई ८० हजार बराबरको साढे सात आना जग्गा दान गरेका हुन् । जग्गा दान गर्ने बिष्ट एमाले जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

साविकको मष्टामाण्डौ गाविसमा आफ्नै नाममा रहेको कित्ता नं. १३६ को उक्त जग्गा विद्यालयको नाममा नामसारी समेत गरेको बिष्टले बताएका छन् ।

विद्यालय परिषर संगै जोडिएको जग्गा दान गरेपछि विद्याललाई सहजता भएको विद्यालयका प्रधानाध्यापक खडकबहादुर बिष्टले बताएका छन् । २०४४ सालमा स्थापना भएको विद्यालय हाल आधारभूत तह सम्म संचालनमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!