चटपट तथा पानीपुरी च्यारिटिबाट २० हजार संकलन

Posted on: 11 Aug, 2017


 कमल सुबेदी | श्रावण २७, पोखरा | अनाथ बालबालिकाको सहयोगार्थ संचालन भएको चटपट तथा पानीपुरी च्यारिटि बाट बिस हजार रुपैया संकलन भएको छ ।

पोखराको  जनप्रिय बहुमुखी क्याम्पसमा सक्रिय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटिले अनाथ बालबालिकाको सहयोगार्थ

फेवातालको किनार फुटट्रयाकमा चटपट तथा पानीपुरी च्यारिटि सम्पन्न गरेको छ । चार दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा २० हजार रुपैँया संकलन भएको  क्याम्पस

कमिटिका अध्यक्ष अनिल खड्काले जानाकारी दिए  । संकलित रकम  अनाथ बालबालिकाको लागि लगानी गर्ने अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटिले जनाएको छ ।

बिद्यार्थी हरु पढ्ने राजनिति गर्ने मात्र नभइ समाज मा रहेका अनाथ र अशक्त बालबालीकाको लागी पढ्ने बाताबरण बनाउन अनेरास्वबियु सधै अगाडी बढ्ने बताए ।

अनाथ र अशक्त बालबालीकाको सहयोगका लागि आयोजना गरिएको चटपट तथा पानीपुरी च्यारिटि  कार्यक्रममा उल्लेख्य रुपमा मानिसहरुको सहभागिता रहेको

कार्यक्रम निकै भव्य एवं सव्य रुपले सम्पन्न भएको कुरा क्याम्पस कमिटिका सचिवालय सदस्य विनय पराजुलीले बताएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!