दोरम्बा गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु

Posted on: 23 Aug, 2017

भदौ ७, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ मा करेन्ट लागेर ३२ बर्षिय धनबहादुर थापामगरको ज्यान गएको छ । 

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका मगरलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत बुधवार नै काठमाडौं लगिए पनि उपचारको क्रममा निधन भएको हो ।

उपचारको क्रममा मगरेको निधन भएको स्थानीय लालबहादुर थापामगरले रामेछाप न्युजलाई बताए ।दोरम्बा गाउँपालिका–३ कांग्रेसका सचिव समेत रहेको थापामगर सुसुराली गएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । हाइ भोल्टेजको कारण यस अघि पनि दोरम्बा गाउँपालिकामा करेन्ट लागेर मृत्यु भएको थियो ।

थापाको निधनप्रति नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले आगामी दिनमा हाइ भोल्टेजको समस्या समाधान गर्नको लागि सरकारसँग माग पनि गरे ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!