शिक्षाका दशअधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

Posted on: 18 Dec, 2015

प्रकाश धौलाकोटी/पुस ३, तेह्रथुम । तेह्रथुमको पौठाकस्थित सरस्वती प्राथमिक विद्यालयमा शिक्षाका दश अधिकार सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अनिवार्य तथा निशुल्क शिक्षाको अधिकार भेदभावरहित समानताको अधिकार, पर्याप्त भौतिक पूर्वाधारको अधिकार, तालिम प्राप्त शिक्षक पाउने अधिकार, सुरक्षित र हिंसारहित वातावरणको अधिकार, पहिलो शिक्षाको अधिकार, आफ्नो अधिकारवाट सुसुचित हुन पाउने अधिकार, सहभागीताको अधिकार, पारदर्शिता र जवाफदेहीताको अधिकारका वारेमा छलफल भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक र शिक्षकहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण देउराली सोसाईटी तेह्रथुमका सामाजिक परिचालक कैलाशदेवी अधिकारी र रमिला नेपालीले गर्नुभएको थियो ।

देउराली सोसाईटी तेह्रथुमको सहयोग तथा सरस्वती प्रावि पौठाकको आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वमवहादुर पंधाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!