पर्यटन पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा खत्री

Posted on: 08 Sep, 2017

भदौ २३, म्याग्दी। नेपाल पर्यटन पत्रकार सङ्घ, म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशील पत्रकार कमल खत्री चयन हुनु भएको छ । नेपाल पर्यटन पत्रकार सङ्घ केन्द्रीय समितिको शाखा विस्तार कार्यक्रमअन्तर्गत बिहीबार बेनीमा भएको पत्रकारको भेलाले राससकर्मी पत्रकार खत्रीको अध्यक्षतामा सङ्घको तदर्थ समिति गठन गरेको हो । 

पर्यटन पत्रकार सङ्घ म्याग्दीको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, सचिवमा निर्मल खत्री, कोषाध्यक्षमा सावित्रा सुवेदी र सह–सचिवमा राकेश शर्मालाई चयन गरेको छ । 

त्यस्तै, सदस्यहरुमा हरिकृष्ण गौतम, गोपाल छन्त्याल, सन्तोष गौतम, अमित विश्वकर्मा, धिरन खत्री र सन्दीप खत्रीलाई चयन गरिएको छ । 

यसैगरी, महाधिवेशन प्रतिनिधिमा पदम विश्वकर्मालाई चयन गरिएको र एक सदस्य पछि थप गरिने बताइएको छ । सो भेलाले सल्लाहकारमा पत्रकार घनश्याम खड्का र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष तारानाथ शर्मालाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको छ । 

नेपाल पर्यटन पत्रकार सङ्घ जिल्ला शाखाकोे अध्यक्षमा चयन हुनुभएका पत्रकार खत्रीले जिल्लाको पर्यटन विकासमा सञ्चारमाध्यमका तर्फबाट सहयोग गर्न सङ्घका तर्फबाट रचनात्मक भूमिका खेल्ने प्रतिक्रिया दिनुभएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!