शिक्षा दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

Posted on: 08 Sep, 2017

भदौ २३, अर्घाखाँची । राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्राकाश सचेतन समूह प्रागले जनता कृष्ण उच्च मावि किमडाँडा पकलेमा शैक्षिक सामग्री वितरण गरेको छ । 

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि आज शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयका गरिव, जहेन्दार दलित गरि ५० जना विद्यार्थीलाई एक शैक्षिक शत्रलाई पुग्नेगरि कापी,  कलव वितरण गरिएको हो । 

प्रागका सचिव प्रेम नारायण गैरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यालयमा प्रधानध्यापक नारायण पौडेल लगायतका शिक्षकहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै  प्रागका सचिव गैरेले संस्थाले बेलाबेलामा सामाजिक कामह? गर्दै आएको भन्दै आगामी दिनमा पनि कामहरु गर्दै जाने बताए । उनले विद्यालयको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताए । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा  र शिक्षक शिक्षक जनक बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!