राष्ट्रपतिद्वारा स्याफ्रुबेँसी–मैलुङ सडकको अवलोकन

Posted on: 06 Oct, 2017

असोज २०, रसुवा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडकको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ । 

उहाँले धार्मिक एवं पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान गरी पूजाअर्चनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रपति भण्डारीले आजै धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ गणकोसमेत निरीक्षण गर्नुभई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको सचिव पौडेलले बताउनुभयो । 

सो अवसरमा रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्लाको वस्तुस्थिति र कालीजङ गणका गणपति प्रमुख सेनानी शीतल बानियाँले गणले गरेका जैविक विविधता संरक्षणसम्बन्धी गतिविधिबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!