सल्यानमा गाडी पल्टिंदा दुईको मृत्यु, १८ जना घाइते

Posted on: 01 Nov, 2017

खकेन्द्र केसी/कात्तिक १५, सल्यान । सल्यानमा गाडी पल्टीदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्  । 

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ रिठाघारीमा आज दिउँसो यात्रुबहाक जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सल्लीबजारले  जानकारी दिएको छ । 

मृत्यु हुनेमा सुर्खेत भरीमालिका नगरपालिकाका अन्दाजी २५ वर्षिय देवराज कामी र विरेन्द्रनगर नगरपालिका निवासी धनमाया नेपाली रहेका छन् । घाइतेहरुको उद्दार कार्य भई रहेको प्रहरीले बताएको छ । 

सुर्खेत मेलकुनाबाट सल्यान कुपिण्डेतालको भ्रमणको लागी हिडेको भे १ ज ९२७ नम्बरको रिजर्भ गाडी भ्रमण गरी फर्कने क्रममा दुर्घटना भएको हो ।  गाडी सडक भन्दा २० मिटर तल खसेको छ । 

गाडी के कारण दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!