कपिलवस्तुवाट दुई किशोरीको उद्धार, एकजना पक्राउ

Posted on: 07 Nov, 2017

माधव बेल्वासे/कात्तिक २१, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरवाट दुई किशोरिको उद्धार गरिएको छ । 

मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलिले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना बिचौलिया नियन्त्रणमा लिएको छ । 

बिचौलियालाई मानब बेचबिखन तथा ओसार पसारको अन्तरगत इलाका प्रहरि कार्यलय कृष्णनगरमा  मुद्धा दर्ता  गरिएको छ ।

 बिचौलिय राजापुर १ बर्दिया बस्ने बर्ष ३५ को कृष्ण प्रसाद रेग्मी रहेका छन । कृष्ण प्रसाद रेग्मी र एक फरार बिचौलियाको ले दैलेख घर भएका गोमा बि.क र निर्मला बि.क (नाम परिबर्तन) लाई कुबेत लाने र कुबेतमा ठूलो रकम कमाउन सकिने भनि बिभिन्न प्रलोभनमा पारि भारत हुदै कुबेत लैजाने बहानामा सिमा पार गराउन खोजेका थिए ।

मोटो रकम हुने प्रलोभन देखाउनु,सिमा पार गर्दा बिभिन्न कुरा ढाट्न लगाउनु,कसैले सोधेमा आंखा हस्पिटल जान लागेको भन्न लगाउनु सोधपुछ र परामर्शपश्चात खुल्न आएको केआई नेपालका परामर्शदाताहरुले जानकारी दिए ।

संस्थाले चेलहिरुलाई उद्धार गरेपछि चेलीहरुलाई साथमा लिएर आउने कृष्ण प्रसाद रेग्मीलाई केहि समयमा नै नियन्त्रणमा लिएको इलाका प्रहरि कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुभास गैरेले जानकारि दिनु भयो । गैरेका अनुसार एक फरार बिचौलीयाको खोजी भईरहेको बताउनु भयो ।

उद्धार गरिएका दैलेखका चेलीहरुलाई केआई नेपाल शाखा कार्यलय कृष्णगर र नेपाल प्रहरिको संयुक्त रोहबरमा अभिभाबकको जिम्मा लगाई सकेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयाजक केसर बिशकर्माले जानकारि दिनुभयो । 

पछिल्लो समयमा मानव वेचविखनका घटनाहरु वढ्दै गएका छन केहि दिन पहिला के आई नेपालले धनकुटा १, अर्घखाचि ३,रुपन्देहि १,दाङ्ग २, कपिलबस्तु १ र सिन्धुलीको १ गरि ९ चेलीको उद्धार गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!