सर्लाहीका व्यापारीमाथि भारतीय सीमामा गोली प्रहार

Posted on: 15 Nov, 2017

सरोज यादव/कात्तिक २९, सर्लाही । सर्लाही सदरमुकाम मलंगवाका एक कवाड व्यापारीमाथी छिमेकी राष्ट्र भारत बिहारको सितामढीबाट घर फर्किने क्रममा अज्ञात समुहमा आएका हतियार धारीले गोली प्रहार गरेको छ ।

भारतीय बजार सितामढीबाट घर फर्किने क्रममा मलङ्वा -३ निवासी राकेश चौधरीलाई सोनबरसा र बोडरतर्फ आउने बाटोको चिलरा भन्ने ठाउँमा दुईवटा मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेको हो ।

गोली शरीरको बायाँपट्टिको भागमा लागेको छ । उनलाई उपचारका लागी जिल्ला अस्पताल सर्लाहीमा ल्याईएको थियो । समान्य उपचार पश्चात, थप उपचारका लागि क्षेत्रिय अस्पताल बिरगंज रिफर गरीएको स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!