बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

Posted on: 21 Nov, 2017

मङ्सिर ५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्रपर्ने सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । 

खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काटन गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी घाइते हुनुभएको स्थानीयवासी हरि गुरुङले जानकारी दिनुभयो । 

घाँस काट्नसँगै गएका साथीहरुले होहल्ला गरेपछि बाघले घाइते अवस्थामा महिलालाई छाडेको स्थानीयले बताएका छन् । बाघको आक्रमणबाट घाइते महिलाको घाँटी र खुट्टामा ठूलो घाउ लागेको छ । 

घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!