शिक्षकसहित पाँच विद्यार्थी पुरस्कृत

Posted on: 11 Apr, 2016

प्रकाश धौलाकोटी । चैत २९, तेह्रथुम । तेह्रथुमको फाक्चामारास्थित नवीन शिक्षा सदन उच्च माबिका एक शिक्षक सहित पाँच जना विद्यार्थी पुरस्कृत भएका छन् ।

बिद्यालयमा अध्यापन गर्दै आउनुभएका शिक्षक विरेन्द्र कार्कीलाई डाक्टर खेम दाहाल उत्कृष्ट शिक्षक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । यस्तै झमकलाल हिरादेबी उत्कृष्ट छात्रछात्रा पुरस्कारबाट उच्च माबिमा अध्यायनरत उत्कृष्ट पाँच जना विद्यार्थीलाई पुरस्कृत गरिएका शिक्षक टिकाराम कार्कीले बताउनुभयो ।

उहाँकाअनुसार शिक्षक कार्कीलार्ई नगद १० हजार सहित कदर पत्र र कक्षा ११ मा अध्यायनरत छात्र बिज्ञान दाहाल र छात्रा योगादेबी लिम्बु, कक्षा १२ का उकृष्ट छात्र मलेशकुमार तामाङ, अनिता ईम्सङ र बिद्यादेबी दाहाललाई जनही ६ हजारका दरले पुरस्कार प्रदान गरिएकोे प्रधानाध्यापक कृष्णप्रसाद निरौलाले जानकारी दिनुभयो ।

पुरस्कार वितरण कार्यक्रम बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!