रेसुङ्गा अस्पतालको मृत्यु घटना १० लाखमा मिल्यो

Posted on: 20 Dec, 2017

प्रेम सुनार/पुस ५, गुल्म । हिजो साँझ डाक्टरको लापर्वाहीबाट भएको भनिएको एक जनाको मृत्यु घटना मृतकका परिवारजनलाई अस्पताल सञ्चालक समितिले १० लाख रुपैयाँ राहत स्वरुप उपलव्ध गराए पछि मिलेको छ ।    

दाँत र गिँजाको  सामन्य विमारी लिएर आएका गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर ६, अर्जैका ५३ वर्षिय शिवलला अर्यालको गालामा सल्यक्रिया असफल भई  हिजो साँझ ८ वजेर ४० मिनेट जाँदा मृत्यु भएको थियो । 

दिउँसो २ वजे उक्त अस्पतालमा आई पुगेका अर्याललाई  गिँजामा पिप जमेको छ, अप्रेशन गरेर पिप निकाल्नु पर्छ भन्दै अप्रेशनका लागि वेहोस पारेका थिए । 

सल्यक्रि सके पछि उनको होस खुल्न नसकेर मृत्यु भएको थियो । हिजो साँझ देखि  विहान सम्म आफन्तजनले अस्पतालमा नारावाजी , प्रहरी संग झडप लगायतका  दवावमुलक आन्दोलन चर्काए पछि प्रहरीले सल्यक्रियामा संलग्न डाक्टरहरुलाई स्कटिङ्ग गरेर बढो मुस्कीलले जिल्ला प्रहरी कार्यालय भित्र लगेको थियो । त्यस क्रममा मृतकका आफन्तजनले प्रहरीको गाडी तोडफोड समेत गरेका थिए । 

अस्पताल पछि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका आफन्जनको माग पुरा गराउने विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माको रोहवरमा ,  जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदी , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , अस्पताल सञ्चालक समितिका पदाधिकारी र  पिडित पक्ष विच छलफल चलफल चलेको थियो । 

उक्त छलफलले पिडित पक्षले डाक्टरहरुको लापर्वाहीले  मृत्यु भएको आरोप लगाएको सम्वन्धमा उच्च स्तरिय छानविन टोली गठन गर्ने । त्यसको प्रतिवेदन प्राप्त नभए सम्म आरोपित डाक्टरहरुलाई अत्यआवस्यक वाहेक अन्य कार्य गर्न नदिने, मृतकका परिवाजनलाई राहत स्वरुप अस्पतालले तत्कालै १० लाख रुपैयाँ नगद उपलव्ध गराउने , मृतकका सन्ततीहरुलाई त्यस अस्पतालमा हुन सक्ने उपचार निशुल्क  उपलव्ध गराउने लगायका  सहमती भए पछि दुवै पक्षले मेलमिलाप पत्रमा हस्ताक्षर गरेका थिए ।  

त्यस  अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । अप्रत्यासित बिरामीको मृत्यु भएपनि अफुहरुको त्यसमा  कुनै नियत नभएको उनको प्रतिकृया रहेको छ । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । 

मालिका गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीका अनुसार मृतककी  पत्नी क वर्गमा परेकी अपाङ्ग छन् ।  एक छोरा र ५ छोरी रहेका त्यस परिवारको आर्थिक अवस्था दयानिय रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!