अछाम जिल्लामा पनी भुकम्पीय सुरक्षा दिवस मनाईने

Posted on: 07 Jan, 2018

कमल रावल | पौष २३, अछाम | आगामि माघ २ गते मन्त्रालयको निर्देशन अनुसार अछाम जिल्लामा पनी भुकम्पीय सुरक्षा दिवस मनाईने भएको छ । 

दिवसलाई भब्य र प्रभावकारी ढंगले मनाउन प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको संयोजकत्वमा जिल्ला स्तरिय मुल समारोह समिती गठन गरिएको छ भने कार्यक्रम क्रियाकलापलाई ब्यावस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको संयोजकत्वमा विभिन्न उपसमिती गठन गरिएका छन । माघ २ गते “सवल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार ” भन्ने मुलनाराका साथ मंगलसेनको खुल्ला मञ्चबाट रयाली सहीत जिल्ला समन्वयको हलमा अन्तरक्र्रिया, उपसमितीले तय गरे बमोजिम रेडीयो सवाद कार्यक्रम, उद्धार सामाग्री प्रदर्शन लगाएतका कार्यक्रम गरिने भएका छन् । 

साथै जिल्ला शिक्षा कार्यालयका निर्देशनमा जिल्ला भरिका उच्च विद्यालयका अन्तरक्रिया, र्याली, हाजिरिजवाफ, बक्तृत्वकला लगाएतका कार्यक्रम गर्न निर्देशन दिने निर्णय पारित गरिएका छन् । कार्यक्रम लाई सफल पार्न जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सबै कार्यालयका प्रमुख, सरोकारवाला गैरसरकारी कार्यालयका प्रतिनिधी, रेडक्रस शाखा प्रमुख, पत्रकार महासंघ तथा जिल्ला स्थित सबै सञ्चार माध्यामका प्रमुख तथा प्रतनिधी, जिल्ला समन्वय समिती प्रमुख तथा प्रतिनीलाई मुल समारोहको सदस्य बनाईएको छ । 

जिल्ला प्रशासन कार्यालयका अछामका हलमा प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको अध्यक्षतामा भएको छलफलमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमु ख तथा प्रतिनिधी, सञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!