नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने: मोरङ

Posted on: 14 Jan, 2018

 पुस ३०,  मोरङ | नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । 

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताउनुभयो । 

उहाँले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिनुभयो । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताउनुभयो । (रासस) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!