दार्चुला: निशुल्क औषधिको बितरण र प्रभाबकारिताबारे अन्तरक्रिया

Posted on: 15 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/माघ १, दार्चुला । महिला एकिकृत बिकास एब. सशक्तिकरण (वाइड) नेपालको आयोजनामा नेपाल सरकारद्धारा बितरण हुने निशुल्क औषधिको बितरण र प्रभाबका बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । 

औषधि बितरणको अवस्था र प्रभाबकारीताको बिषयमा सरोकारवालाहरुलाइ जानकार बनाउँने र स्वास्थ्य सेवामा सबैको पहुच पुर्याउँन जनचेतना अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

२०६४ सालदेखी नेपाल सरकारद्धारा अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट बिभिन्न प्रकारका औषधिहरु निशुल्क रुपमा बितरण हुदै आएका छन । 

पछिल्लो समय निशुल्क बितरण हुने औषधिको प्रकार बढाउँदै हाल आएर जिल्ला अस्पताल दार्चुलाबाट ७० प्रकारका औषधी तथा जिल्लाका सम्पुर्ण स्वास्थ्य चौकीहरुबाट ३८ प्रकारका औषधिहरु निशुल्क रुपमा बितरण हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत सिबराज सुनारले जानकारी दिनुभयो । 

तर सेवाग्राहिहरुले भने निशुल्क पाउँनुपर्ने औषधिहरु स्वास्थ्यसंस्थाहरुबाट नपाउँने गरेको गुनासो गर्ने गरेका छन ।

जिल्लाका ग्रामिण स्वास्थ्य चाकैकीहरुमा कुनै समय सामान्यखाले रोगको समेत औषधि नपाइने गरेको गुनासोहरु आउँने गरेको भन्दै पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामीले सबै क्षेत्रमा माग हुने बित्तिकै औषधिको नियमित र प्रभाबकारी बितरण गर्न सक्नुपर्ने शुझाब राख्नुभएको छ । निशुल्क प्राप्त हुने औषधिका प्रकारहरुबारे समेत ग्रामिण स्तरमा जानकारी नहुदा सेवा लिन समेत बिरामीहरुलाइ अप्ठेरो हुने गरेको भन्दै जिल्लाका ग्रामिण क्षेत्रहरुमा समेत यस्तै सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने उहाको भनाइ छ ।

जिल्ला अस्पतालकै बाटो भएर दार्चुलाबाट ठुलो संख्यामा बिरामीहरु भारतिय अस्पतालहरुमा गएर मोटो रकम तिर्दै उपचार गराउँने गरेको भन्दै अस्पतालका सेवा र प्रभाबकारीताबारे जनस्तरमा जानकारी गराउँनु आबश्यक भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले सुझाब राख्नुभएको छ । 

यस्तै शसस्त्र प्रहरीका डिएसपी अम्बिका प्रशाद जोशीले प्रभाबकारी स्वास्थ्य सेवा प्रबाह गर्नकालागी सरोकारवाला सबैले जिम्मेवार र सचेत हुनु आबश्यक रहेकोमा जोड दिनुभएको छ । महिला अधिकारकर्मी हिरादेबि अवस्थीले जिल्ला अस्पतालमै निशुल्क बितरण हुने औषधिको प्रभाबकारी बितरण हुन नसकेको भन्दै सुधारको आबश्यकता रहेको बताउँनुभयो । 

महाकाली नगरपालीकाका नगर स्वास्थ्य संयोजक हरक सिह शाहुले स्थानिय तहमा स्वास्थ्य क्षेत्रको कार्यक्रम तथा औषधि खरीदको लागी निकै कम मात्रै बजेट तथा कार्यक्रम प्राप्त भएकोले थप बजेट आबश्यक हुने धारणा राख्नुभएको छ । 

नगरपालीकामा औषधि खरीदको लागी चालु आर्थीक बर्षमा ३ लाख १० हजार बजेट मात्रै प्राप्त भएको भन्दै उहाले उक्त मुल्यको औषधि २ महिनाकालागी मात्रै पुग्ने भएकाले थप बजेट आबश्यक हुने तर्क गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महाकाली नगरपालीकाका मेयर हंसराज भट्टले मानब स्वास्थ्य निकै संबेदनसिल बिषय भएकाले नगरपालीकाले कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रलाइ प्रार्थमिकतामा राख्ने प्रतिबद्धता जनाउँनुभएको छ । 

उहाले बिगतजस्तो केन्द्र, क्षेत्र र जिल्लाबाट प्राप्त हुने सेवा एब. औषधिहरु अब स्थानियतह मार्फत एकद्धार प्रणलिबाट खरीद एब. बितरण हुनु आबश्यक भएको बिचार राख्नुभएको छ । 

जिल्ला सदरमुकाममै प्रभाबकारी एम्बुलेन्स सुबिधा नभएको बिषयमा गुनासाहरु आएपनि निश्चित मापडन्डका आधारमा बजार क्षेत्रमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सकिने भट्टले बताउँनुभयो वाइड नेपालका अध्यक्ष एब. कार्यक्रमका सभापति बिस्ना धामीले महिला तथा पछि परेका बर्गको शसक्तिकरण र बिकासकालागी संस्थाले जिल्लाका अन्य क्षेत्रमा समेत छिट्टै जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने तयारी रहेको जानकारी गराउँनुभएको छ । 

पत्रकार लोकेन्द्र जोशीले संचालन गरेको उक्त अन्तरक्रिर्या कार्यकार्यमा सहभागिहरुले जिल्ला स्वास्थ्य कार्यालयहरुको औषधि खरीद प्रकृर्या झन्जटिलो तथा लामो हुने गरेका कारण समेत बिरामीहरुले समयमै औषधि नपाउने गरेको बिचार राखेका छन । 

यद्धपि औषधि निशुल्क पाइन थालेपछि आम जनताको आर्थीक भार घट्नजादा बिरामी हुने बित्तिकै सेवा लिनकोलागी स्वास्थ्य संस्थामा आउँने गरेको जनस्वास्थ्य अधिकृत सिब राज सुनारले बताउँनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!