बाग्लुङमा पिकअप जिप दुर्घटना १ को मृत्यु ३ घाइते

Posted on: 15 Jan, 2018

माघ १, बुर्तिबाङ | आज बिहान बागलुङको वडिगाड गाउपालिका वडा न १० गंगरेमा बिहान पिकअप जिप दुर्घटना भएको  छ । 

बिहान बागलुङ गुल्मी र प्युठानको सिमाना गगरेबाट ना .अ. प. प. १०३८ नम्बरको नयाँ पिकअप सवार ४ जना सहित दर्लिङ तर्फ आउंदै  गर्दा बाटोमै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  बडिगाड वडा न १० दर्लिङका अन्दाजी ३४ बर्षिय मेख बहादुर बुढाको घटना स्थलमै मृत्यु भएको छ अन्य ३ जना घाइते भएका छन घाइते हुनेमा वडिगाड ९ कि ४५ बर्षिय पुनम बुढा बडिगाड १० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान ५ अर्खाका जितेन्द्र राना रहेका छन् ।

घाईते  ३ नै जनालाई एम्बुलेन्स बाट उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिएका छन । पिकअप बिहान ५ :३० बजे दुर्घटना भई सडक भन्दा १२ फिट तल खसेको बताईएको  छ ।

 के कारण दुर्घटना भयो भन्ने प्रहरी अनुसन्धान पछि खुल्ने प्रहरीले जानकारी दिएको छ । बिमल खड्काको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!