सेमीफाइलनका दुई खेल हुँदै

Posted on: 27 Apr, 2016
प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनल चरणका दुई खेल हुदैछन् । आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अनुसार विहान ११ बजेबाट हुने पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुनेछ । terhathaum sports - ss यस्तै दोस्रो खेलमा दोर्जे गियर प्रालि काठमाडौँ र सिंहदेवी युवा क्लब सिधुवा धनकुटाबीच खेल हुने आयोजक क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल भने शुक्रबार मात्र हुनेछ । यस अघि मंगलबारको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको हो । rectangle_banner जनजागृति युवा क्लब हिलले संखुवासभा फुटबल संघ र टीडब्लुवाईसी विराटनगरले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई ट्राइबेकरमार्फत हराउँदै सेमीफाइनल यात्रा तय गरेका हुन् । यस्तै म्याङलुङ नगरपालिका, तेह्रथुमलाई २–१ ले पराजित गर्दै दोर्जे गियर प्रालि काठमाडौँ सेमीफाइनलमा उक्लिएको थियो । बुधबारको पहिलो खेलमा जनजागृत युवा क्लब हिले, विराटनगरको अगाडि कमजोर सावित हुने दर्शकको अपेक्षा छ । तर दोस्रो खेलमा भने तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । राष्टिय स्तरका प्रतियोगिता खेल्ने मनाङ, थ्रिस्टार, झापा एघार लगायत क्लबका चर्चित खेलाडी सम्मिलित भएकाले यी दुई टिमबीच कडा प्रतिष्पर्धा हुने र यो खेलले दर्शकको ध्यान खिच्ने आयोजक अध्यक्ष मिलन थापाले बताउनुभयो । गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!