अछाममा अबैध रुपमा चौरीको पुच्छर ओसारपसार गर्ने प्रहरी नियन्त्रणमा

Posted on: 23 Jan, 2018

कमल रावल/माघ ९, अछाम । अछामको ढकारी गाउँपालिकामा अबैध रुपमा चौरीको पुच्छर सहित एक ब्याक्ति पक्राउ परेका छन । 


हुम्लाको सिमिकोट गाउँपालिका वडानम्वर ६ बस्ने ६८ वर्षका कुंगा लामा ८ थान चौरीको पुच्छर र हड्डी सहित ढकारी १ को सैनबजारबाट प्रहरिले नियन्त्रणमा लिएको हो । 

सोमबार प्रहरी चौकी ढकारीको गस्ति टोलिले लामालाई संकास्पद अवस्थामा भेटेर चेकजाँच गर्दा झोलामा सेतो चौरीको पुच्छर ७ थान र कालो १ थान गरि ८ थान पुच्छर अबैध रुपमा बिक्रिबितरणका लागि बोकिरहेको फेला पारेको थियो । 

यस्तै लामासंग रहेको चौरीको ५ थान हड्डी पनी फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको चौरीको पुच्छर र हड्डी सहित प्रक्राउ परेका लामालाई आवस्यक कारबाहीका लागि जिल्ला पशुसेवा कार्यालय मंगलसेनमा पठाईएको अछाम प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!