भक्तपुरमा जुवा खालबाट तीन लाखसहित सात पक्राउ

Posted on: 04 Feb, 2018

माघ २१, भक्तपुर | महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । प्रहरीले जुवाखालबाट ताससँगै रु दुई लाख ९७ हजार ५२० सहित उनीहरुलाई नियन्त्रणमा कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!