महोत्तरीमा ​ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 10 Feb, 2018

माघ २७, महोत्तरी । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

टुर्घटनामा सर्लाही चन्द्रनगर गाउँपालिका–३, का २५ वर्षका पुनित महतोको ज्यान गएको हो ।

शनिबार बिहान गौशला नगरपालिका रामनगरमा ज १ त ३७१६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा महतोको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!