नुवाकोटमा एकैदिन ५५ चालक प्रहरी नियन्त्रणमा

Posted on: 03 Mar, 2018

फागुन १८, त्रिशूली(नुवाकोट) | तोकिएको चालक अनुमतिपत्रविना मिनीट्रक चलाएको भन्दै नुवाकोट प्रहरीले ५५ चालकलाई आज एकै दिन नियन्त्रणमा लिएर जरिवाना गरेको छ । 

जिल्लाका विभिन्न स्थानमा जाँचचौकी राखी सवारीसाधन जाँच गर्ने क्रममा आइचर मिनीट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हल्का सवारीसाधन चलाउने अनुमतिपत्र लिएका चालकले हेभी भेइकल चलाएकाले गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कँुवरले जानकारी दिनुभयो । 

नियन्त्रित चालकलाई रु दुई हजार जरिवाना गरी पहिलो पटकलाई छाडिएको प्रहरीले जनाएको छ । आज नियन्त्रणमा लिइएका चालक र गाडीको लगत राखी आगामी दिनमा यस्तै गल्ती दोहोर्याएमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!