बलात्कृत ६ वर्षिया बालिका अस्पतालको शैयामा, दोषिलाई बचाउको चलखेल

Posted on: 15 Mar, 2018

प्रेम सुनार/चैत्र १, गुल्मी । मंगलवार दिउँसो साढे चार वजेको समयमा वलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षिया बालिका यति वेला अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । 


यता उनका समाजका केहि मानिसहरु भने उनलाई वलात्कार गर्नेलाई कसरी कम सजाएँ दिउलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको सुराक हामीलाई प्राप्त भएको छ ।

उक्त दिन ईस्मा गाउँपालिकावडा नम्वर  ३  नयाँपोखराको हनुमान मन्दिर पछाडीको एकान्त स्थानमा  ६ वर्षिया वालिका  कलिता नाम परिवर्तनलाई  सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जिले वलात्कार  गरेका थिए । 

वलात्कार पछि यौनाङका छेदन भई रक्त श्राप भएर वालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकि बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ ।  

जिल्ला अस्पताल गुल्मीका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीका अनुसार वलात्कृत वालिकाको यौनी देखि मलद्धार सम्म छेदन भई यहाँ  उक्त घाउ सिलाउन सम्भव नभएर पाल्पा रिफर गरिएको हो ।  

दोषि दर्जिलाई सुरु कै दिन देखि कम उमेर वोल्न लगाएर नावलक बनाउने चलखेल स्थानिय केहि व्यक्तिहरुले गरिरहेको गोप्य प्रहरी श्रोतबाट समेत जानकारी प्राप्त भएको छ ।  सुरुमा चौथ वर्षको भएँ भनेर ति दोषिले भनेको ।  उनको शाररिक अवस्था र विर्य परिक्षणको रिर्पोट हेर्दा १६ वर्ष पुगि सकेको र पछि निजले नै १६  वर्ष पुगे भनेर भने पछि सोही उमेरबाट मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।

घटना विवरण बताउँदै जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले भने निजले चाउचाउ खान जाउँ भन्दै पैसाको समेत प्रलोभन देखाउँदै वलात्कार गरेको  र निजलाई हिरासतमा लिएर कार्वाही प्रकृया अगाडी बढाईएको बताए  ।

प्रभास अस्पतालका छोरीको उपचार गराई रहेकी उनकी आमा वेला वेलामा भक्कानिन्छिन् । छोरी रुने र डराउने गरिहन्छिन् । त्याहाँबाट टेलिफोनमा हामी संग कुराकानी गर्दै उनकी आमाले भनिन–‘ मेरी छोरीको जिन्दगी वर्वावाद गर्ने निजलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।

सुरुमा छोरीले लडेर  यौनाङ्गमा दाउराको छेस्को पसेर रगत आएको भनेर ढाँटिन , पछि फकाउँदै सोध्धा त्यही हिमालले चाउचाउ खान जाँउ भन्दै मन्दिरमा लगेर जवरजस्ती आफुलाई त्यस्तो कार्य गरेको र आफु धेरैबेर सम्म त्यही वेहोस भएर पल्टेको उनले बताएको आमाले जानकारी दिईन ।

प्रहरीले भने स्थानियतहमा जो जसले चलखेल गरेपनि निजलाई मुलुकी ऐन २०२० को जवरजस्ती करणीको महल अनुसार कार्वाही हुने प्रहरी निरक्षक चौधरीले बताए ।

 पछिल्लो एकदशकका बलात्कार घटनाहरु मध्ये गुल्मीमा वलात्कृत हुने सब भन्दा कम उमेर ६ वर्षकी वालिका उनि पहिलो हुन । गत वर्ष आफ्नै वावुले  ६ वर्षिया छोरीलाई जवरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीमा मुद्धा दायर भएको थिया्े ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!