सुर्खेतमा जारी प्रदेश आइडलमा अनप्लग राउन्डबाट ७ जना छनौट

Posted on: 25 Mar, 2018

चैत्र १०, सुर्खेत। सुर्खेतमा जारी प्रदेश आइडल अन्तर्गत शनिबार भएको अनप्लग राउन्डबाट निर्णायक मण्डल र लाइभ भोटिङ्गको आधारमा ७ जना सहभागी छनौट भएका छन् ।


छनोट हुनेमा महेन्द्र बिक, बिराज थापा मगर, हिक्मत शाही, रवी ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार रहेका छन् ।

पहिलो राउण्डका १० जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी ७ प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले जानकारी दिए ।उनले अनप्लग राउन्डबाट छनोट भएका ट्प ७ प्रतिस्पर्धीहरु आगामी चैत्र १७ गते हुने सेमिफाइनलमा सहभागी हुने बताए ।

कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागरका लागि आयोजना गरेको प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तिन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र सान्त्वना पचास हजार पुरस्कार रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!