उपसभामुखद्वारा नुवाकोटकी अर्वुदरोग पीडितलाई आर्थिक सहयोग प्रदान

Posted on: 08 Aug, 2018

साउन २३, नुवाकोट | प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभामुख तामाङ र सांसद तथा नेकपाका नेता हितबहादुर तामाङले काठमाडौंको निजामती अस्पतालमा पुगेर रु ९० हजार ५०० सहयोग गर्नुभएको हो । उपसभामुख तामाङले अर्वुदरोगकै कारण दिवंगत आफ्ना पिता शेरबहादुर र माता राम्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!