अखिल (क्रान्तिकारी) संगठन निर्माण अभियानमा

Posted on: 28 Aug, 2015
चन्द्रकला बुढाथोकी, भदौ ११, सल्यान । सल्यानमा अखिल (क्रान्तिकारी) ले संगठन निर्माण तथा सुदृढ अभियानलाई तिव्रता दिएको छ । आगामी असोजमा जिल्ला सम्मेलन गर्न लागेको क्रान्तिकारीले आज कोटबाराको कालिका माविमा शुशिला योगीको अध्यक्षतामा ११ सदस्यीय मावि इकाई गठन गरेको हो । जसको उपाध्यक्षमा संगिता विक र विमला डाँगी, सचिवमा गीता मल्ल, सहसचिवमा शंकर पहाडी र कोषाध्यक्षमा साधना योगी रहेका छन । कार्यक्रममा संगठनका जिल्ला सम्मेलन आयोजक समितीका संयोजक कमल वली र सदस्य भुम प्रकाश भण्डारीको विशेष उपस्थिती रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!