सल्यानको बागचौर नयाँ नगरपालीकामा घोषित

Posted on: 18 Sep, 2015

असोज १, सल्यान । सरकारले आज एक एउटा उपमहानगरपालिका र २६ नगरपालिका थप्ने निर्णय गरेको छ ।

सरकारले थपेका २६ वटा नयाँ नगरपालिकामा सल्यानको बागचौर पनि परेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्रालयबाट सिफारिस भइआएका २८ मध्ये २६ स्थानलाई नगरपालिका बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले तनहुँको भिमाद र स्याङ्जाको गल्याङबारे थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने भएको छ । कैलालीका फुलबारी र उर्मा गाविसलाई गाभेर धनगढीलाई उपमहानगरपालिका बनाइएको छ । सल्यानको बागचौरलाई पनी नया नगरपालिका बनाईएको छ । थारमारे गाविस र आसपासका गाविसलाई मिलाएर बागचौर नगरपालिका बनाईएको हो ।

रुकुममा चैरहजारी नगरपालिका, जाजरकोटमा भेरीमालिका नगरपालिका, बर्दियामा बबई नगरपालिका र सुर्खेतमा शुभाघाट गंगामाला नगरपालिका पनि थपिएका छन । अहिलेसम्म नगरपालिकाहरुको संख्या २१७ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!