नुवाकोटमा आरोमा चिरिएर बालकको मृत्यु

Posted on: 27 Aug, 2018

भदौ ११, नुवाकोट (रासस) | नुवाकोटमा काठ मिलमा परेर एक बालकको ज्यान गएको छ । 

नुवाकोट जिल्लाको विदुर नगरपालिका वार्ड नम्बर ४ बट्टार आँपघारीका तीन वर्षीय सुमिङ श्रेष्ठको आज काठ मिलमा परेर ज्यान गएको हो । 

आफ्ना हजुर बुबा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको आरोमा चिरिएर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । 

बालक आरोमा चिरिंदा परिवारका सदस्यहरु खाना खाइरहेका थिए । सोहि बेलामा खेल्दै गरेका बालक एक्लै मिलमा जाँदा आरोमा चिरिन पुगेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!