न्यूनतम पारिश्रमिक निर्धारण समिति सल्यानमा

Posted on: 18 Jan, 2016
Poshan KCडिल्लीराज रावत । माघ ४, सल्यान । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारको पारिश्रमिकको व्यवस्था गर्नकालागि सरकारी तवरबाटै विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक ढंगले विज्ञापनको वितरण गरिने बताएका छन । श्रमजिवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यामको विकासका लागि राज्यले एकद्वार प्रणालीबाट विज्ञापन वितरण गरि संचारमाध्यामलाई क्षमतावान बनाउन जरुरी रहेको बताएका छन । संचारकर्मीले विभिन्न आन्दोलनमा मिसन तथा जनपक्षिय पत्रकारीता गरि मुलुकलाई लोकतान्त्रीक गणतन्त्र स्थापना सम्म महत्वपूर्ण भूमिका खलेको बताउदै उनले पत्रकारले न्यूनतम पारिश्रमिकको मुद्धा सहि व्यवस्थापनका लागि उठाएको दावी गरेको छन । पत्रकार समाजको दर्पण भएकोले आफ्ना दुःखहरु विर्सेर काम गरेपनि उचित पारिश्रमिक पाउनुपर्ने भन्दै उनले उचित पारिश्रमिक नदिने संचार माध्याममा काम नगर्न सुझाव दिएका छन । कार्यक्रममा नेपाली काग्रेशका सहसचिव रामचन्द्र केसीले पत्रकारले न्यूनतम हैन अधिकत पारिश्रमिक पाउनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका थिए । त्यस्तै नेकपा एमालेका सचिवालय सदस्य इश्वरी बुढाथोकीले कुनैपनि ठाउँमा श्रमको आधारमा उसको ज्याला तोकिने भएकाले पत्रकार मात्रैको हैन आम सर्वसाधारणको न्यूनतम पारिश्रमिक हुनुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ सल्यानका सभापति शालिकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २ दर्जन बढि पत्रकारहरुले जिल्लाको पत्रकारीतालाई टिकाउन एकआपसमा मिलेर काम गरेको बताएका थिए । जिल्लामा क्रियाशिल पत्रकारहरुका आफ्नै संचार माध्याम भएका कारण जिल्लामा मजदुर र मालिकको रुपमा कोहि नछुट्टिएको बताउदै पत्रकारहरुले संचार माध्याममा हुने आयको आधारमा उसको पारिश्रमिक निर्धारण गरिएको र त्यसमा नै सबैले काम गरेको बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!