आफ्नी श्रीमति वडाध्यक्षको काँखमा भेटिएपछि..., बिदेशबाट फर्केदेखिनै निगरानी

Posted on: 02 Sep, 2018

प्रेम सुनार | भदौ १७, बुटवल ।  बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तीन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतिको काँखमा भेटिए पछि त्यस वजारमा अहिले निकै हंगामा चलिरहेको छ ।  बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमतिसंग कोठामा सगै बसेको भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास संग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्टाँई  गरे । 

यादवले भने ‘उनका श्रीमान मानबहादुरले आज दिउँसो तीन बजेको समयमा उनिहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खवर गरेपछि हामीहरुले वडाध्यक्ष र ति महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं । ’यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन । उनले भनेका छन – ‘उनले बोलाए पछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढोका थुनेका हुन ।’ 

उनका श्रीमान बिदेशमा थिए । चार पाँच महिना अघि घर आएका उनले श्रीमतिको चाल-चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुर उनकी श्रीमतिको घर  निसीखोला गाउपालिका १ हर्पे हो । श्रीमान विदेश हिडेपछि दुई छोराछोरी पढाउन भन्दै वुर्तिबाङ्गमा छोरा-छोरी पढाउन भन्दै डेरा गरी बसेका थिए । आफ्नो कोठामा वडाध्यक्ष आपत्तीजनक  स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!