धनवाङमा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्यो

Posted on: 02 Mar, 2016

uml salyan1फागुन १९, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको छ ।

कपुरकोटमा सम्पन्न एमाले धनवाङको आठौँ गाउँ अधिवेशनले भुपाल बुढाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसहमत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा चित्र बहादुर थापा, सचिवमा शंकर के.सी., सहसचिवमा ठक बहादुर विक रहेका छन् । नव निर्वाचीत पदाधीकारिहरुलाइ एमाले सल्यानका उपसचिव भिम बहादुर सेनले सपथ खुवाएका थिए ।

यस अघि भएको खुल्ला शत्र कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज गुलावजंग शाहले हरेक दललाइ समेटेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै राष्ट्रियताको पक्षमा उभिने पार्टि नेकपा एमाले नै भएकोले आम जनताको विश्वास अहिले नेकपा एमालेप्रती रहेको बताए ।

uml salyan

कार्यक्रममा एमाले सल्यानका अध्यक्ष हरि के सी, उपाध्यक्ष गोविन्द पुन, सचिव सिपि ओली, उपसचिव भिम बहादुर सेन लगाएतकाले पनि बोल्नुभएको थियो ।

अधिवेशन उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटी तथा क्षेत्रीय कमिटी सदस्यहरु, छिमेकी गाविसका एमाले अध्यक्षहरु, धनवाङमा क्रियाशिल विभिन्न राजनीतीक दलका प्रमुखहरु लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । यसैविच कार्यक्रमको अवसरमा ३ दर्जन बढिले विभिन्न पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!