कोअपरेटिभ म्यानेजर्स क्लव को क्षमता अभिवृद्धि तालिम सम्पन्न

Posted on: 07 Sep, 2018

पाेखरा,२२ भदाै ।कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीकाे आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धि १ दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ ।

कास्कीमा रहेका सहकारीमा काम गर्ने बजार प्रतिनिधीहरुलाइ लक्षित गरि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मिलन ढकालले जानाकारी दिए । कास्कीमा सहकारीको विकास क्रम संगै थुप्र्रै तालिमहरु सञ्चालन भएता पनि बजार प्रतिनिधिको लागि तालिम आयोजना भएको यो पहिलो पटक भएको बताउदै सहकारी संस्थाहरु घर घरमा गएर सेवा त दिन्छन तर सहकारीको मर्म र भावना अनुसार सदस्य बनाई सेवा दिनुपर्ने भएकोले यो तालिम आयोजना गरिएको हो ।आगामी दिनमा समेत सहकारी सम्बन्धी आवश्यक तालिमको लागि ऋःऋ कास्कीले सम्पुर्ण कास्कीमा क्रियाशिल सहकारी संस्थालाई प्राविधिक सहयोग उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।


तालीमलाइ सहजीकरण गर्दै नेफस्कुनका सञ्चालक एवं सहकारीका केन्द्रीय प्रशिक्षक भीमबहादुर गुरुङ्गले यस्तो तालिमले कर्मचारीहरुमा नयाँ उर्जा थपेको महशुश भएको बताए ।कुशल व्यवस्थापक निर्माण गर्ने र गुणस्तरिय सहकारी संस्था निर्माण गर्ने मुल उद्धेश्यका साथ स्थापित क्लवले हाल संस्थामा कार्यरत कर्मचारी, सञ्चालक, लेखा समिति र शेयर सदस्यलाई समेत तालिम प्रदान गर्ने नीति अख्तियार गर्दै अगाडी बढेको ढकालले बताए ।


तालिम २६ वटा सहकारी संस्थाका ४७ जना कर्मचारीहरुले भाग लिएका थिए । कास्की जिल्लामा एउटा जिल्ला सहकारी संघ ५ वटा विषयगत संघहरु र ६ सय २९ प्रारम्भिक सहकारी संस्थाहरुमा कार्यरत झण्डै २ हजार कर्मचारीहरु क्रियाशिल छन । क्लवले बिगत देखिनै सहकारी संस्थामा कार्यरत व्यवस्थापक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!