निर्मला हत्या प्रकरण: सीआईबीका दुई डीएसपीसहित पाँच प्रहरी निलम्बित

Posted on: 15 Sep, 2018

भदौ ३०, काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी निलम्बनमा परेका छन्। 

अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको हो ।

गृहमन्त्रालयले प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्टर, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!