पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छ: भण्डारी

Posted on: 26 Sep, 2018

असोज १०, पोखरा | नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । 

पोखरामा आज पत्रकारसँगको भेटमा उहाँले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन्दा पनि पार्टी तथा जनताको हितलाई आत्मसात गनुपर्ने धारणा राख्नुभयो । 

राज्यमा दिनानुदिन हत्या हिंसा, बलात्कारजन्य घटना बढिरहेको बताउँदै उहाँले यसको नियन्त्रण अपरिहार्य भएको उल्लेख गर्नुभयो । अनुसन्धानका नाममा निर्दोष व्यक्ति पक्राउ पर्नु गम्भीर चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो । 

सङ्घीयता कार्ययोजनाबिहीन तवरले अघि बढ्दा यसको कार्यान्वयनमा जटिलता थपिदै गएको नेता भण्डारीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!