दशैका लागि माटो खन्दा एकै परिवारका तीन जनाको मृत्यु

Posted on: 29 Sep, 2018

प्रेम सुनार | असोज १३, बुटवल | दशैंका लागि घर लिप्ने माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दाङ्गमा  एकै परिवारका तिन  जना महिलाको ज्यान गएको छ । 

राप्ती गाँपालिका दोलई खोलमा भन्ने स्थानमा माटो खन्न गएका एकै घर तिन जनाको मृत्यु भएको हो ।

आज दिउँसो माटाको ढिस्कोले पुरिएर ३५ बर्षिया मीनाकुमारी चौधरी, ३० बर्षिया श्यामकुमारी चौधरी र १२ बर्षिया रोजिना चौधरीको ज्यान गएको छ ।  तिनै जनाको शव पोष्मार्टमका लागि लमही अस्पतालमा ल्याईएको त्यहाँको प्रहरीले जनाएका छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!