सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट एक महिलाको हत्या

Posted on: 30 Sep, 2018

असोज १४, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा सोहि ठाउँका २१ वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन । शुक्रबार हत्या भएपछि शनिबार प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!