सिरहामा सडक दुर्घटनामा परि तीन घाइते, एकको अवस्था गम्भिर

Posted on: 01 Oct, 2018

राम नारायण पंडित | असोज १५, सिरहा । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।


पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ स्थित आज (सोमबार) विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको विआर ३० आर ५१७१ नम्बरको भारतीय कार एकापसमा ठोक्किदा ३ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । 


झापाको भद्रपुर नगरपालिका बडा नं. १ बस्ने ट्रकको चालक अन्दाजी ३० बर्षीय राजु श्रेष्ठ, पर्साको बिरगंज उपमहानगरपालिका बडा नं. १६ बस्ने कारको चालक अन्दाजी ३० बर्षीय लाबश चौरसीया र कारमा सबार सोही स्थानका अन्दाजी २५ बर्षीय पुनित कुमार महतो घाइते भएका छन् । घाइते मध्ये कारका चालक चौरसीयाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएका छन् ।  घाइतेहरुको मिर्चैयामा रहेको मंगलम हेल्थकेयरमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!