सिन्धुलीमा ट्रक दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर घाइते

Posted on: 04 Oct, 2018

असोज १८, सिन्धुली | बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्याङमा बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गजुरी ट्रकका चालक गाउँपालिका- ५ धादीङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका स्थायी ठेगाना भएका १८ का काले भन्ने भोजबहादुर आचार्य रहेको सिन्धुली प्रहरीले जनाएको छ। 

दुर्घटनामा सप्तकोशी नगरपालिका सप्तरीका १७ वर्षीय लक्ष्मण परियार गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!