टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

Posted on: 14 Oct, 2018

असोज २८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान टोलीले काठमाडौं टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई एक लाख घुसहित पक्राउ गरेको छ। 

प्रमुख प्रशासकिय अधिकृत सुवेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको हो । 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार सुवेदीमाथि अनुसन्धान सुरु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!