अछाममा ७ बर्षीया बालिका बलात्कृत

Posted on: 22 Oct, 2018

कमल रावल । कात्तिक ५, अछाम । अछाममा ७ बर्षीया बालिका बलात्कृत भएकी छन् । बाख्रा चराउन गएकी बालिका बलाताकृत भएकी हुन ।

बलात्कार गर्ने कमल बजार ५ का १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी नायव उपरिक्षक डि.एस.पि जनक बहादुर शाहिले जानकारी दिएका छन् ।

प्रक्राउ परेका युवकको नाम गोप्य भने प्रहरीले राखेको छ । ती युवकले शनिबार गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै बलात्कार गरेका थिए ।

पीडित बालिकाकी बुवाका अनुसार छोरीलाई घडी दिएर ललाई फकाई गरेर बलात्कार गरेका हुन ।

पीडित बालिका बुवाले प्रहरीमा दिएको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!