कृष्णनगरमा लागेको कर्फ्यू लम्वियो

Posted on: 22 Oct, 2018

माधव बेल्वासे | कात्तिक ५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा युवाहरुबीच झडप भएपछि लागेको कफर्यु लम्वीएको छ । शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा केहि युवाहरु आपसमा झै झगडा गरेपछी कृष्णनगरमा तनावग्रस्त बनेको थियो ।


पुर्वमा सेमरा गाउँ,पश्चिममा भण्डैनगर,सिर्सिहवा चोक,उत्तरमा कृष्णनगर १ शिवानगरको वढाया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्र सम्म कफ्र्यू आदेश गरिएको जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ ।

आइतवार साझ ५ वजेदखी अनिश्चिकालीनको कफर्यु सोमवार १२ वजेदखी साझ ५ वजे सम्मको लागी स्थगन गरीएको थियो । जिल्लाको शान्ति सुरक्षा कायम गर्न पुन साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

अर्का सुचना जारी नहुदा सम्म कसैलाई घर वाहिर निस्कन, आवत जावत गर्न,भेला जुलुस तथा हुलदंगा नर्गन आदेश दिइएको छ ।अहिले सो क्षेत्रमाको स्थिती समान्य हुदै गएपनी सुरक्षाको मध्यनजर गर्दै कफर्यु लगाइएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!