सञ्चारकर्मि देउसि खेली सुदुरको सस्कृति संरक्षण गर्दै

Posted on: 05 Nov, 2018

कृष्ण विष्ट  | कात्तिक १९, बैतडी | परम्परागत रुपमा गाईने बैतडीको स्थानीय देउँसी भैलो लोप हुँदै गईरहेको बेलामा बैतडीका रेडियोकर्मीहरुले देउँसी भैलो कार्यक्रम संचालन गरेका छन् । 

 स्थानीय डियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्जले सोमवारदेखि तिहारको उपलक्ष्यमा दिउँसी भैलो कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ देउँसी भैलो कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले जानकारी    दिनुभयो । 


स्थानीयस्तरमा भएका कला संस्कृतिहरुको संरक्षणका लागि गाउँघरमै गएर दिउँसी भैलो खेल्न लागिएको रेडियो सेभेनस्टार ९९.२ मेगाहर्जका अध्यक्ष अमरराज भट्टराईले  बताए । बैतडी लगायत सुदूरपश्चिका विभिन्न जिल्लामा काग तिहार देखि भाइ टिकासम्मको अलग अलग विशेषता बोकेको देउँसी भैलो गाईने गरेको भट्टराईले बताएका छन  । स्थानीय भाषामै गाईने देउँसी भैलो लोप हुन लागेकोले त्यस्तो देउँसी भैलो संकलन गरेर रेडियोकर्मीहरुले गाउँ गाउँ पुगेर  चार दिनसम्म स्थानीय नागरिकहरुसित देउँसी खेल्ने कार्यक्र रहेको रेडियोकर्मी सिपी लोहियाले बताउनुभयो ।  बैतडीका रेडियोकर्मीहरुको देउँसी भैलो कार्यक्रम छिमेकी जिल्ला दार्चुला, डोटी र बझाङसम्म संचालन हुने रेडियोकर्मी तृप्ती शाहीले बताएका छन । 

संस्कृति संरक्षणमा युवापुस्ताको ध्यानाकर्षण गर्न देउँसी भैलोको आयोजना गरिएको रेडियो सेभेनस्टारका अध्यक्ष अमर भट्टराईले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुगेर स्थानीय संस्कृतिको जगेर्नाका लागि देउँसी भैलोको आयोजना गरिएको  बताएका छन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!