श्रीयाको बलात्कार पछि हत्या गर्ने कुशुम पौडेललाई जन्मकैद

Posted on: 20 Dec, 2018

पुस ५, काठमाडौं । पोखरा पुम्दीभुम्दीकी १० बर्षिय श्रीया बिकको बलत्कार पछि हत्या गरेका छिमेकी कुशुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ पछि यो फैसला भएको यो घटना नेपालको पहिलो जन्मकैद फैसला हो । 


गत असोज महिनामा १० बर्षिया श्रीया बिकको गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै स्थानीय छिमेकी कुशुम पौडेललाई उनकै घरबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोस बनाएको र बेहोस अवस्थामै उनको यौनाङ्गमा औला हालेको पछि टाउकोमा ढुंगाले प्रहार गरेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!