मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्

Posted on: 25 Dec, 2018

पुस १०, मन्थली | रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज बरामद् गरेको हो । 

यस्तै ‘न्यू फेमल मिट सप’बाट सडेको १० किलो राँगाको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो मासु बरामद् गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । अनुगमन टोलीले सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसल सञ्चालकलाई रु दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई रु पाँच हजार जरिवाना गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!