चोरी मुद्दाका एक अभियुक्त हत्कडीसहित जिल्ला अदालत, काठमाडौंबाट फरार

Posted on: 26 Dec, 2018

पुस ११, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको परिसरबाट एक अभियुक्त हत्कडीसहित फरार भएका छन् ।

प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।

प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले उनको खोजी भइरहेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!