मेलम्चीको पानी कहिले आउँछ भन्नेबारे मिति तोक्दिन: खानेपानीमन्त्री मगर

Posted on: 27 Dec, 2018

पुस १२, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने यकिन नभएको बताएकी छन् । बिहीबार संसदको विकास समितिमा उनले अब पानी आउने भएपछि मात्र मिति तोक्ने बताएकी हुन् ।

समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब मिति नतोक्ने बताएकी हुन् ।

गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका थिए । तर त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!