बर्दियामा २ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ

Posted on: 28 Dec, 2018

पुस १३, बर्दिया | बर्दियाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई क्रसर उद्योगको दर्ता गर्न सिफारिस गरिदिने बहाना बनाएर घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो । 

वडासदस्य चौधरीलाई अख्तियारको टोलीले दुई लाख पचास हजार घुस रकमसहित कोठियाघाट स्थित ईच्छा होटलबाट बिहीबार नियन्त्रणमा लिएको हो । 

उनीबारे थप अनुसनधान थालिएको अख्तियारले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!