नयाँ वर्षबाटै ३ सय विजुली बस गुडाउने सरकारी योजना

Posted on: 31 Dec, 2018

पुस १६, काठमाडौं । आगामी वैशाखबाटै नयाँ विद्युतीय बस चल्ने सरकारले बताएको छ । संसदको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने बताए ।


सरकारले आफ्नै विद्युतीय बस देशभर संचालनमा ल्याउने भएको छ | विद्युतीय बसको सुरुवात काठमाडौंबाट गर्न लागिएको मन्त्रि महासेठले बताए । उनकाअनुसार अहिले विद्युतीय बस चलाउन नेपालका सडकहरु कति उपयुक्त छ भनेर अध्ययन भइहरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!