काठमाडौंमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु, ४ को अवस्था गम्भीर

Posted on: 16 Jan, 2019

माघ २, काठमाडौं । काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ रहेका छन् ।

बुधबार विहान ग्यास विष्फोटमा गम्भीर घाइते भएका तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । यद्यपि, कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो । त्यहाँ अझै करिब ५० वटा सिलिन्डर छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!