सुर्खेतमा मालपोतका नासुलाई दलियो कालोमोसो

Posted on: 30 Jan, 2019

माघ १६, सुर्खेत । मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा नरबहादुर घर्तीलाई वैद्य माओवादीले कालोमोसो दलेका छन् । सेवाग्राहीको काम नगरेर अल्झन देखाउने गरेकाले कालो मोसोे दलेको नेकपा क्रान्तिकारी माओवादीका नेता हिमाल शाहीले जानकारी दिए ।

उनका अनुसार नेकपा क्रान्तिकारी माओवादीको संगठन क्रान्तिकारी युव लिग र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रूपमा कालोमाोसो दलेर जनकार्वाही गरिएको हो । क्रान्तिकारी युवा लिंग नेपाल, सुर्खेतका नेता शाहीले सूचना अधिकृतले सेवाग्राहीबाट नागरिकलाई अनाहकमा दुख दिने र कार्यालयमा बसेर कमाउ धन्दा गरेको कारण आफ्नो संगठनले पहिलो चरणको कारबाही गरेको जनाएका छन । युवा नेता शाहीले घटनाको विषयमा संगठनको तर्फबाट जिम्मा लिदैँ सूचना अधिकारीले नागरिकसँग घुस लिने गरेको र सरकारी कुर्सिमा बसेर ब्यापक अनियमितता गरेको समेत आरोप लगाए । नेता शाहीले समाजमा रहेका दलाल, तस्कर र बेइमानहरुलाई पार्टीको नीति तथा योजना अनुसार कारबाही प्रकृया निरन्तर अघि बढ्ने जनाएका छन ।

सूचना अधिकृत घर्तिलाई क्रान्तिकारी युवा लिंगका युवाहरुको समूहले उनको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी भन्दै नारा लगाउँदै कालोमोसो दलेका सेवाग्राहीले जानकारी दिए । मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले कर्मचारीमाथि कालोमोसो दल्नु गलत भएको प्रतिक्रिया दिएकी छन् । जनताको बढी चाप हुने कार्यालय मालपोत भएकाले सेवामा कमजोरी रहेको स्वीकार्दै  उनले समस्या भए मलाइ नभनेर मोसो दल्नु गलत भएको बताएकी हुन् । ‘अनलाइन प्रणालीमा सेवा रूपान्तरणहुँदा काममा असहज भएको छ’ खत्रीले भनिन्, ‘कानुनी राज्यमा गुनासा राख्ने ठाउँ हुँदाहुँदै पनि गुरिल्ला हर्कत गर्न राम्रो पक्ष हैन् ।’ मालपोतप्रतिका गुनासा नजिकै प्रशासन कार्यालय छ र अख्तियार नि छ उतै गुनासा नगरेर कर्मचारीको मनोबल गरिउने कार्य हुनु दुखद् भएको उल्लेख गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!